महासंघमा पत्रकार पौडेललाई अन्तिम श्रद्धाञ्जली अर्पण
पाेखरा | माघ ३, २०७९
PHOTO: SUDARSHAN SHRESTHA
पोखराः जहाज दुर्घटनामा परि मृत्यु भएका पत्रकार त्रिभुवन पौडेललाई नेपाल पत्रकार महासंघ कास्कीमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।
पोखरा महानगरपालिका ११ का स्वर्गीय पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, पोखराका मेयर धनराज आचार्य लगायत सयौं शुभचिन्तकहरुले श्रद्धाञ्जली अर्पण गरे । श्रद्धाञ्जलीपश्चात् पौडेलको अन्त्योष्टी रामघाटमा गरिनेछ ।
पोखरा हटलाइन दैनिकका सम्पादकसमेत रहेका पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत थिए ।
गत आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटना हुँदा चालकदलसहित ७२ जनाले ज्यान गुमाएका थिए ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

